धनगढी : नेकपा एमाले कैलालीको सुुखडमा भइरहेको जिल्ला अधिवेशन तीन दिनदेखि जारी छ। निर्वाचन समितिले तीन पटक निर्वाचन तालिका संसोधित गर्पनि तोकिएको समयमा मतदान हुन नसकेको हो।
आजमात्रै दिउसो १२ बजेदेखि मतदान हुने भनिएको थियो। तर, बिहीबार दिउँसो सम्म पनि मतदान सुरु भएको छैन्। निर्वाचन समितिले उमेदवारहरुको अन्तिम नामावली समेत प्रकाशन गर्न सकेको छैन्।
८ गते विहान ८ बजे हुने भनिएको मतदान १० गतेको दिउसोको ३ बजेसम्म पनि सुरु नभएको हो। मुख्य निर्वाचन अधिकृतको कार्यालयले ९ गते विहान ८ बजे र १० गते दिउसो १२ बजे भनेर तीन/तीन पटक निर्वाचन कार्यतालिका संसोधन गरिसकेको छ।
दिउँसो १२ बजेदेखि भनिएको मतदान ३ बजेसम्म पनि हुन नसकेको र अन्तिम नामावली समेत प्रकाशित नगरेको भन्दै धनगढी उपमहानगरपालिकाबाट प्रतिनिधि रहेका गोपाल पाठकले आक्रोश व्यक्त गरे।
आयोजक कमिटिले बुधबार बेलुकीदेखि प्रतिनिधिहरुको बस्ने र खाने ब्यवस्था हटाइ दिएको छ। उनीहरु बुधबारदेखि आफ्नै खर्चमा खाना र बास बसिरहेका छन्।
तीन प्यानल मैदानमा
एमालेको कैलाली जिल्ला नेतृत्वका लागि तीन वटा प्यानल चुनावी मैदानमा छन्।
निर्वाचन कार्यालयले प्रकाशित गरेको उमेदवारको नामावली अनुसार कार्यबाहक अध्यक्ष दुुर्गा प्रसाद जोशी, वर्तमान सचिव डेजी पाण्डेय र यज्ञराज ढुंगानाबीच प्रतिस्पर्धा हुने भएको हो।
कमलसिंह रानाले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए। तर, पछि उनले फिर्ता लिए। उपाध्यक्ष पदमा ६ जनाको उम्मेदवारी रहेको छ।
गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्र बहादुर रावल, विष्णु बहादुर चौधरी, लोकेन्द्र शाहीले उपाध्यक्षका लागि उमेदवारी दिएका छन्।
सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममता प्रसाद चौधरी गरी तीन जनाले उमेदवारी दिएका छन्।
चन्द यज्ञराज ढुंगाना प्यानल, विश्वकर्मा जोशी प्यानल र चौधरी पाण्डेय प्यानलका सचिव हुन्। उपसचिवमा राजु गुरुङ, किशोर शाह, चूडामणि भट्ट, मदन रेग्मी, नृप थ्यायत खड्का, चक्र बहादुर विष्ट, भुवन रिजालको उमेदवारी परेको छ।
त्यस्तै महिला उपसचिवमा रत्ना कुवर जोशी, अम्बिका विष्ट मल्ल, गंगा कुमारी चौधरी, शान्तिदेवी सिंह र गीता चौधरी रहेका छन्।