धनगढी : नेकपा एमाले कैलालीको सुखडमा भइरहेको जिल्ला अधिवेशन जारी छ।
अधिवेशनमा आकांक्षी धेरै भएपछि पटकपटक निर्वाचन समितिले तालिका संसोधित गरिरहेको छ।
यसैबीच, सदस्य पदका आकांक्षी भरत शाहको चर्चा भने चुलिएको छ । शाह सदस्य पदका उम्मेदवार हुन्।
उनी युवा राजनीतिका अभिभावकका रूपमा परिचित छन् । धनगढी उपमहानगरपालिका भूगोल युवामा उम्मेदवारी दिएका शाह अधिवेशन भरि चर्चामा छन्।
कोरोन कहरका समयमा सामाझ कार्यक्रममा निकै सक्रिय रहेका उनको भूकम्पको विपत्तिको समयको योगदानको कारण उनको जित सुनिश्चित रहेको एमाले वृत्तमा चर्चा छ।
उनी परिवर्तनको लागि युवा नाराका साथ अधिवेशनमा होमिएको बताउँछन्। पार्टी बलियो बनाउन युवाको अहम् भूमिका हुने भएकोले आफूले उम्मेदवारी दिएको उनको भनाइ छ।
Facebook Comments Box