धनगढी : प्रहरी नायब निरीक्षक (सई) पवन साउद दोषी ठहर भएका छन्।
उनलाई विशेष अदालतले ३ महिना कैद र ३० हजार रूपैयाँ जरिवाना भएको छ।
इलाका प्रहरी कार्यालय मैनाखोर बर्दियामा कार्यरत उनलाई घूस लिइसकेको अवस्थामा अख्तियारले मंसिर १२ गते नियन्त्रणमा लिएको थियो।
उनी बढैयाताल गाउँपालिका-६ मैनापोखरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत थिए।
लागूऔषधको मुद्दा मिलाइदिन सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस माग गरेका थिए।
उक्त सूचना अख्तियारले पाएपछि टोली खटिएको थियो। उनलाई अख्तियारले ३० हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो।
Facebook Comments Box