धनगढी : कैलालीको घोडाघोडीस्थित दशरथ माध्यमिक विद्यालयका राहत शिक्षक महेश शाह नक्कली प्रमाणपत्रको अभियोगमा दोषी ठहर भएका छन्।
विशेष अदालतले उनलाई दोषी ठहर गरी ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको अदालतका उपरजिष्ट्रार कार्कीले जानकारी दिए।
भारतबाट प्राप्त गरेको इन्टरमिडियटको शैक्षिक प्रमाणपत्र नक्कली भएको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाहविरुद्ध गत असोजमा मुद्दा हालेको थियो।
तीनवटै फैसला आज विशेष अदालतका न्यायाधीशत्रय डाक्टर खुसीप्रसाद थारू, तेजनारायणसिंह राई र रीतेन्द्र थापाको संयुक्त इजलासले गरेको हो। शिक्षक शाह सोही विद्यालयका पूर्वहेडसर समेत हुन्।
Facebook Comments Box