कैलाली : नेकपा एमाले कैलाली जिल्ला नेतृत्वको लागि भएको चुनावमा ५७८ जनाले मतदान गरेका छन् । आज बिहान ८ः३० बजे देखी सुरु भएको मतदान भर्खरै सकिएको हो । अहिले सम्म ५७८ जनाले गरे मतदान गरेका छन् ।
यहाँ ५९१ जना प्रतिनिधि रहेका छन् । आजै रातिबाट मतगणना सुरु गर्ने प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले जानकारी दिए । उनले सुरुमा पदाधिकारीको मतगणना सक्ने र त्यसपछि सदस्यहरूको मत गणना गर्ने बताए ।
अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी, डेजी पाण्डे चुनावी मैदानमा छन् । आज पहिलो मत अध्यक्षमा उम्मेदवार पाण्डेले दिएका थिए । त्यसपछि जोशी र ढुङ्गानाले मत दिए ।
उपाध्यक्षमा गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्रबहादुर रावल, विष्णुबहादुर चौधरी, लोकेन्द्र शाहीले उपाध्यक्षका लागि उम्मेदवारी दिएका छन् ।
सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममताप्रसाद चौधरीले उम्मेदवारी दिएका छन् । चन्द यज्ञराज ढुङ्गाना प्यानल, विश्वकर्मा जोशी प्यानल र चौधरी पाण्डेय प्यानलका सचिव हुन् ।
उपसचिवमा राजु गुरुङ, चूडामणि भट्ट, नृप थ्यायत खड्का, चक्रबहादुर विष्ट, भुवन रिजालको उम्मेदवारी परेको छ । त्यस्तै महिला उपसचिवमा रत्ना कुँवर जोशी, अम्बिका विष्ट मल्ल, गङ्गाकुमारी चौधरी र शान्तिदेवी सिंह रहेका छन् ।