कैलाली : नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन्। ढुंगाना प्रतिद्वन्द्वी डेजी पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन्।
ढुंगानाले दुई सय ८७ मत प्राप्त गर्दा पाण्डेले दुई सय १८ मत ल्याएका छन्। अध्यक्षका अर्का प्रतिद्वन्द्वी दुर्गाप्रसाद जाेशीले ६३ मत पाए। अध्यक्षमा तीन जनाले प्यानलसहित उम्मेदवारी दिएका थिए।
यस्तै उपाध्यक्षमा पाण्डे प्यानलका लाेकेन्द्रबहादुर शाही पाँच मतले विजयी भएका छन्। उनले एक सय ९३ मत पाउँदा प्रतिद्वन्द्वी दलबहादुर बिष्टले एक सय ८८ मत पाए।
उपाध्यक्षका उम्मेदवार विष्णु चाैधरीले एक सय ६ मत, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत ल्याएका छन्।
सचिवमा पाण्डे प्यानलका ममताप्रसाद चाैधरी विजयी भएका छन्। चाैधरी दुई सय ४३ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी ढुंगाना प्यानलका विष्णुकुमार चन्दले एक सय ६८ मत मात्रै पाएका छन्। सचिवकै अर्का उम्मेदवार दानबहादुर विश्वकर्माले एक सय ४७ मत प्राप्त गरेका छन्।
उपसचिव(खुला) मा भने ढुंगाना प्यानलका चुडामणी भट्ट विजयी भएका छन्।
भट्ट दुई सय ५१ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी भुवन रिजालले एक सय २३ मत पाए। यस्तै अर्का उम्मेदवार नृप थ्यायत खड्काले ९५ र राजु गुरूङले ७१ मत पाएका छन्।
उपसचिव (महिला) मा गंगाकुमारी चाैधरी एक सय ९६ मतसहित विजयी भएकी छन्। उनकी प्रतिद्वन्द्वी शान्तिदेवी सिंहले एक सय ६१,रत्ना कुँवर जाेशीले ९४ र अम्बिका विष्टले ९० मत पाएकी छन्।
फागुन ६ गते सुरू भएकाे एमाले नवाैँ अधिवेशनमा छैटौं दिन शुक्रबार मात्र मतदान भएकाे थियाे। कुल पाँच सय ९१ प्रतिनिधि रहेकाेमा पाँच सय ७७ मत खसेकाे थियाे।सदस्यकाे मत गणना अब हुने निर्वाचन कमिटीले जनाएको छ।