काठमाडौं : नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य एवं अनेरास्ववियुका पूर्व अध्यक्षसमेत रहेका युवा नेता ऐन महर परस्त्रीसँग लागेपछि पार्टीबाट कारबाहीमा परिसकेका छन्।
ऐनले काठमाडौंको नेवार समुदायकी चेलीसँग विवाह गरेका थिए। स्नातकोत्तर गरेकी महरपत्नी विभिन्न कलेजमा पढाउँछिन्। तर, जेठी पत्नी हुँदाहुदैन अर्कीसँग लागेको कुरा पार्टी अध्यक्ष केपी शर्मा ओलीसम्म पुगेको थियो।
महरले बझाङकै रश्मिला धामीसँग अनैतिक सम्बन्ध राख्दै उनैसँग बिहे गर्नेसम्म बाचा गरेका थिए। तर, पटक–पटक अन्तरंग सम्बन्ध राखेपछि महर टाढिन खोजे। ऐनले धोका दिन थालेपछि आफ्नो जीवनमाथि खेलबाड भएको भन्दै रश्मिला विभिन्न ठाउँमा पुगिन्।
त्यसपछि महिलाले ऐनसँगको दुई घण्टा ३७ मीनेट १७ लामो अडियो सार्वजनिक गरिदिइन्। त्यो अडियो अध्यक्ष ओलीको घरसम्मै पुग्यो, उनले सुने र ऐनसँग रिसाए।
अध्यक्ष नै रिसाएपछि उनीमाथि पार्टीबाट कारबाही भएको हो। रश्मिलासँगको आपत्तिजनक सम्बन्धलाई लिएर किचलोमा परेका ऐनलाई राजीनामा दिन भनिएको थियो। निर्देशनबमोजिम काम गरेनन् तर, केन्द्रीय सचिवालयको माइन्युटमा भने उनको राजीनामा स्वीकृत भएको व्यहोरा लेखियो।
यसरी नदिएको राजीनामा एमालेले स्वीकृत गरेको हो।
यो पनि:
ऐन महर भर्सेज रश्मिलाः साइबर ब्यूरो पुग्यो उजुरी
यौन विचलनको गम्भीर आरोपपछि गुम्यो ऐन महरको केन्द्रीय सदस्य पद !