डडेल्धुरा– डडेल्धुराको अमरगढी नगरपालिकामा १६ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । नगरप्रमुखका दुई र एक उपप्रमुखका गरी १६ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
स्वतन्त्रबाट मेयरका उम्मेदवार बनेका दानबहादुर पाल र ललितबहादुर तमोली मनोनयन फिर्ता लिँदै काँग्रेस विपीका उम्मेदवार हरिप्रसाद भटट्लाई समर्थन गरेका छन् । यस्तै उपमेयरकी स्वतन्त्र उम्मेदवार सरस्वती अवस्थीले पनि उपमेयरको उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतिको कार्यालय, डडेल्धुराले जनाएको छ ।
यस्तै वडा नम्बर १ का अध्यक्षका स्वतन्त्र उम्मेदवार सुरत तमोली, जनता समाजवादी पार्टी नेपालबाट अमरगढी–५ का उम्मेदार श्याम सिनाल र वडा नम्बर ६ की वडाध्यक्षकी उम्मेदवार जानकी ताम्राकार र नेकपा एमालेबाट वडा नम्बर १० का अध्यक्षका उम्मेदवार विष्णुराज भट्टले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
Facebook Comments Box