सुदूरपश्चिम : सुँगुर, बुङ्गुरलगायतका पशुमा महामारीका रुपमा फैलिने ‘अफ्रिकन स्वाइन फिवर’ रोग भित्रिन नदिन कैलाली जिल्लाका सीमानाकामा निगरानी बढाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीमा शुक्रबार बसेको सरोकारवालाको बैठकमा यो रोग भित्रिन नदिन सीमानाकामा अवैध पैठारी तथा ओसारपसार नियन्त्रणका लागि निगरानी बढाउने निर्णय गरिएको हो ।
बैठकमा बङ्गुर तथा बङ्गुरजन्य पदार्थको ढुवानीमा पशु ढुवानी मापदण्ड २०६४ तथा भेटेनरी निरोगिताको प्रमाणपत्रसम्बन्धी प्रावधानलाई प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला सबैलाई अनुरोध गर्ने, कृषक तथा बङ्गुर व्यवसायीलाई जैविक सुरक्षाको विधि अवलम्बन गर्न उत्प्रेरित गराउने, पशु तथा पशुजन्य सामग्री तथा सवारी साधनको निर्मलीकरण गर्न लगाउने र आवश्यक सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले बङ्गुर सुँगुरको व्यवसायमा लागेका किसानको व्यवसायमा प्रतिकूल असर नपुग्ने गरी कडाइका साथ रोगको रोकथामको पहल गर्नुपर्ने बताए । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीका प्रमुख डा अवस्थीले अफ्रिकन स्वाइन फिवर रोग र यसले निम्त्याउन सक्ने समस्या, रोकथाममा लागि गरिएको पहलका बारेमा जानकारी गराएका थिए ।
पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा. नरेशप्रसाद जोशीले यो रोगको रोकथामका लागि जैविक सुरक्षा नै प्रभावकारी उपाय रहेको बताए । यो रोगको सङ्क्रमण बढ्दा विगतमा कैलालीको भजनीका एक व्यवसायीको फार्ममा चार सय १५ बङ्गुर मरेका थिए ।
सुदूरपश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा अफ्रिकन स्वाइन फिवर रोग फैलिन सक्ने जोखिम बढेकाले सचेत रहन कृषक तथा व्यावसायिक फार्मलाई भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीले अपिल गरेको छ । रासस