काठमाडौं : अमेरिकी सेनाको इण्डो प्यासिफिक कमाण्डका प्रमुख एड्मिरल काठमाडौं आउन लागेका छन्।
जर्नेल जोन सि अक्विलिनो र श्रीमतीसहित सवार वायुसेनाको विमान साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ।
अक्विलिनो पाँचखालमा मंगलबारदेखि आयोजित ग्लोबल पिस किपिङअन्तर्गत चौथो शान्ति प्रयास अवलोकनका लागि आउन लागेका हुन्।
आगामी मार्च ४ तारिखसम्म हुने विशेष सैनिक अभ्यासमा नेपाल,अमेरिकालगायत विश्वका डेढ दर्जन मुलुकका सेनाको सहभागिता छ।
नेपाल बसाईको क्रममा उनी उच्चस्तरीय भेटघाटमा पनि व्यस्त हुने सैन्य स्रोतले जनाएको छ।
Facebook Comments Box