कञ्चनपुर : कञ्चनपुरको एक वडा कार्यालयभित्र युवती मृत अवस्थामा भेटिएकी छिन्। जिल्लाको भीमदत्त नगरपालिका–१८ को वडा कार्यालयको सभाहलभित्र युवती झुण्डिएको अवस्थामा फेला परेकी हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अहिले घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ। मृत फेला परेकी ती युवती भीमदत्त नगरपालिकाका एक नगर प्रहरीकी श्रीमती रहेको खुलेको छ।
प्रहरीले अहिले वडा कार्यालयको सीसीटीभी फुटेज जाँच र मृतकका श्रीमानसँग सोधपुछ गरिरहेको छ। माइती पक्ष पुगेपछि शव पोष्टमार्टमका लागि लगिने प्रहरीले जनाएको छ।
Facebook Comments Box