काठमाडौं : आईसीसी लिग-२ अन्तर्गत नेदरल्यान्डसँगको जारी खेलमा नेपालले ९३ रन बनाउँदा पाँचौँ विकेट गुमाएको छ। पाँचौँ विकेटका रूपमा दिपेन्द्रसिंह ऐरी आउट भएका हुन् ।
११ बलको सामना गरेका ऐरी १ रन बनाउँदै २७.४ ओभरमा रनआउट भएका हुन् । यसअघि नेपालको चौथो विकेटका रूपमा कप्तान रोहित पौडेल आउट भएका थिए ।
४० बल खेलेका पौडेल १६ रन बनाउँदै आउट भएका हुन् । पौडेलको विकेट नेदरल्यान्डसका आर्यन दत्तले लिएका हुन् । नेपालले ८७ रन बनाउँदा चार विकेट गुमाएको थियो ।
त्यस्तै ५४ रन बनाउँदा नेपालले तेस्रो विकेट गुमाएको थियो । तेस्रो विकेटका रूपमा कुशल मल्ल आउट भएका हुन् । मल्लको विकेट पनि दत्तले लिएका हुन् । ९ बलको सामना गरेका मल्ल २ रन जोड्दै पेभेलियन फर्किए ।
दोस्रो विकेटका रूपमा नेपालले ५० रन बनाउँदा अनिल साह आउट भएका थिए । ११ बलको सामना गरेका साहले १ छक्कासहित ७ रन बनाए । नेदरल्यान्डसका भिभियन किङ्ग्माले साहलाई आउट गराएका हुन् ।
नेपालको पहिलो विकेटका रूपमा आशिफ शेख आउट भएका थिए । शेख २७ बलको सामना गर्दै १७ रन बनाएर आउट भएका हुन् । शेखको विकेट पनि किङ्ग्माले नै लिएका हुन् ।
ऐरी आउट भएसँगै कुशल भुर्तेललाई साथ दिन भीम सार्की क्रिजमा आएका छन् । नेपालमा जारी त्रिदेशीय सिरिजको आजको खेलमा नेदरल्यान्डसले टस जितेर फिल्डिङको निर्णय लिएपछि नेपालले पहिले ब्याटिङ गरेको हो ।