काठमाडौं : आईसीसी लिग-२ अन्तर्गत नेदरल्यान्डसँगको जारी खेलमा नेपाल ४९.३ ओभरमा १७२ रन बनाउँदै अलआउट भएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले जितका लागि नेदरल्यान्ड्सलाई १७३ रनको विजयी लक्ष्य दिएको हो ।
१७१ रन बनाउँदा नवौँ विकेट गुमाएको नेपालले १७२ रन बनाउँदा दशौँ विकेट गुमाएको हो। दशौँ विकेटका रूपमा करण केसी आउट भएपछि नेपाल अलआउट भएको हो।
यसअघि नवौँ विकेटका रूपमा आरिफ शेख आउट भएका थिए। ५० बलको सामना गरेका शेखले २२ रन बनाए। उनको विकेट बिबिएन किङ्ग्माले लिएका हुन्।
नेदरल्यान्डसविरुद्ध १३५ रन बनाउँदा नेपालले आठौँ विकेट गुमाएको थियो। आठौँ विकेटका रूपमा गुल्सन झा आउट भएका थिए। उनले १७ बलको सामना गर्दै ५ रन जोडे। झाको विकेट आर्यन दत्तले लिएका हुन्।
यसअघि १२२ रन बनाउँदा नेपालले सातौँ विकेट गुमाएको थियो। सातौँ विकेटका रूपमा ओपनर कुशल भुर्तेल आउट भएका थिए। ९३ बलको सामना गरेका भुर्तेलले ८ चौकाको मद्दतले ६६ रन बनाएका थिए। उनलाई रोलेफ भान डेर मेर्वेले आउट गराएका हुन्।
यसअघि ९४ रन बनाउँदा नेपालले छैटौँ विकेट गुमाएको थियो। नेपालको छैटौँ विकेटका रूपमा भीम सार्की आउट भएका थिए। ८ बलको सामना गरेका सार्की शून्य रनमा आउट भए। उनलाई बास डिलेडेले आउट गराएका हुन्।
आईसीसी लिग-२ अन्तर्गत नेदरल्यान्डसँगको जारी खेलमा नेपालले ९३ रन बनाउँदा पाँचौँ विकेट गुमाएको थियो। पाँचौँ विकेटका रूपमा दिपेन्द्रसिंह ऐरी आउट भएका हुन्। ११ बलको सामना गरेका ऐरी १ रन बनाउँदै २७.४ ओभरमा रनआउट भएका थिए।
यसअघि नेपालको चौथो विकेटका रूपमा कप्तान रोहित पौडेल आउट भएका थिए। ४० बल खेलेका पौडेल १६ रन बनाउँदै आउट भएका हुन्। पौडेलको विकेट नेदरल्यान्डसका आर्यन दत्तले लिएका हुन्। नेपालले ८७ रन बनाउँदा चार विकेट गुमाएको थियो।