काठमाडौं : सशस्त्र प्रहरीका नायव उपरीक्षक (डीएसपी) तुलसिंह केसी नौ दिनदेखि थुनामा छन्।
४ नम्बर बाहिनी पोखरामा कार्यरत केसीलाई प्रहरीले ५ फागुनमा पक्राउ गरेको हो ।
उनलाई स्वयम्भू प्रहरी वृत्तको थुनामा राखिएको छ।
डीएसपी केसीमाथि स्वयभूस्थित न्यु इभन पोइन्ट रेष्टुरेन्ट खाजा खान पुगेकी एक युवतीको गोप्य भिडियो खिचेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो।
युवतीले उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीले उनीमाथि वैयक्तिक गोपनीयता सम्बन्धि ऐनअनुसार अनुसन्धान गरेको थियो।
वैयक्तिक गोपनीयतासम्बन्धी ऐन–२०७५ को दफा–१६ अनुसार अनुमतिबिना कसैको तस्बिर वा भिडियो खिच्न पाइँदैन।
र, यो पनि :
अश्लील भिडिओ खिच्ने सशस्त्रका डीएसपी प्रहरी खोरमा
Facebook Comments Box