दार्चुला : दार्चुलाको खलंगा सदरमुकाममा रहेको नेपाल भारत अन्तर्राष्ट्रिय सीमा जोड्ने दार्चुला–धारचुला झोलुङ्गे पुलमा आवतजावत बन्द गरिएको छ।
पुलको आइतबार दिउँसो २ बजेसम्म मर्मत कार्य हुने भएकाले आवतजावत बन्द गरिएको हो।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना जारी गर्दै आज बिहान ९ बजेबाट दिउँसो २ बजेसम्म पुल मर्मत कार्य हुने हुँदा सो समयमा पुल बन्द गर्नुपर्ने भनी भारतीय पक्षबाट जानकारी आएको बताउँदै पुलबाट आवतजावत बन्द गरिएको जनाएको छ।
Facebook Comments Box