काठमाडौं : डडेल्धुराका विरामिको काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलमा निशुल्क अपरेशन गरिने भएको छ।
कांग्रेस नेता समेत रहेका सांसद डा.सुनिल शर्माको सहयोगमा काठमाडौं मेडिकल कलेज सिनामंगलमा माघ २५ गते डडेल्धुरा अस्पतालमा गरिएको निशुल्क स्वास्थ्य शिविरवाट रिफर भएका विरामीको केएमसीमा निशुल्क उपचार र अपरेशन भइरहेको नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐरले बताए।
आजसम्म २० जना विरामिको विभिन्न रोगको उपचार र अपरेशन निशुल्क भऐको नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टले बताए।
डडेल्धुराको स्वास्थ शिविरवाट थप उपचार, अपरेसनका लागि रिफर गरेका विरामिको निशुल्क उपचारका लागि सहयोग र समन्वय ऐर र भट्टले गरिरहेका छन्।
Facebook Comments Box