धनगढी : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मुस्लिम समुदायले पाएको अधिकार सुनिश्चित गर्नु पर्ने अवस्था रहेको बताएका छन्।
मुस्लिम आयोगले धनगढीमा आयोजना गरेको कार्यक्रममा प्रदेश प्रमुख मियाँले संविधान मार्फत मुस्लिम समुदायको लागि थुप्रै अधिकार स्थापित भएको र अब कार्यान्वयनको पक्ष बलियो बनाउन आवश्यक रहेको बताएका थिए ।
‘हाम्रो सबै भन्दा राम्रो संविधान बनेको छ । उक्त संविधानले मुस्लिम समुदायलाई थुप्रै अधिकार दिएको छ त्यस्तो अधिकार छिमेकी मुलुकमा पनि छैन’ उनले भने, ‘अब अधिकार स्थापित गर्नु पर्छ ।
प्रदेश प्रमुख मियाँले मुस्लिम समुदायका नागरिकहरूको चेतनाको स्तर बढाउन आवश्यक रहेको टिप्पणी गरेका थिए । उनले शिक्षा स्वास्थ्य र नागरिकतामा समस्या रहेको भन्दै ती समस्या समाधान गर्न पनि आफूले भूमिका खेल्ने बताए ।
Facebook Comments Box