काठमाडौं – काठमाडौं महानगरपालिका मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाएका छन् ।
शनिबार निर्वाचन चिन्ह वितरण गर्ने निर्वाचन आयोगको तालिकाअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय सभागृह पुगेका बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाएका हुन् ।
चिन्ह लिन उनका समर्थकहरू पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।
Facebook Comments Box