बझाङ : बझाङमा रुखबाट लडेर एक महिला घाइते भएकी छिन्। जिल्लाको तल्कोट गाउँपालिका-४ स्याडाकी १८ वर्षीया रेजिना बुढा रुखबाट लडेर घाइते भएकी हुन्।
हिजो(सोमबार) साँझ घरनजिकै बाजको रुखबाट स्याउला काट्ने क्रममा उनी लडेकी थिइन्। उनको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ।
यस्तै बझाङमै एक महिलालाई गोरुले लात हान्दा घाइते भएकी छन्। घाइते हुनेमा जयपृथ्वी नगरपालिका ७ सुवेडाकी ४० वर्षीया शारदादेवी शार्की रहेकी छन्।
उनलाई हिजै साँझ ५ बजे आफ्नै घरको गोठमा गोरु बाध्ने क्रममा गोरुले लात हानेर घाइते बनाएको हो। उनको बाँया हात र कम्मरमा चोट लागेको र जिल्ला अस्पताल बझाङमा ल्याएर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक व्यापक चन्द्र शाहले बताए।
Facebook Comments Box