धनगढी: कैलालीमा बलात्कार आरोपमा एक वृद्ध पक्राउ परेका छन्। आज (बिहीबार) १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप प्रहरीले वृद्धलाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार टीकापुर नगरपालिका–१ शक्ति नगर शिविर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई बलात्कार आरोपमा पक्राउ गरिएको हो।
चौधरीले ती नाबालिकालाई ललाई फकाई सोही ठाउँस्थित कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ। सो सम्बन्धमा जाहेरी आउने क्रममा रहेको र अहिले थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
चौधरीलाई ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले समातेको थियो।
Facebook Comments Box