काठमाडौं: भारतस्थित उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी १ सय शक्तिशाली भारतीयको सूचीमा परेका छन्। इन्डियन एक्सप्रेसले जारी गरेको उक्त सूचीअनुसार मुख्यमन्त्री धामी १ सय शक्तिशाली भारतीयमध्ये ६१ औं नम्बरमा परेका हुन्।
उनको मजबुत राजनैनिक र सामाजिक छविका कारण उनलाई सूचीमा राखिएको बताइएको छ।
धामी गत वर्ष सबैभन्दा शक्तिशाली भारतीयको सूचीमा ९३ नम्बरमा थिए भने यस वर्ष उनी ६१ औं नम्बरमा पुगेका हुन्।
विशेषगरि समान नागरिक संहिता विधेयक पारित भएपछि मुख्यमन्त्री धामीको पहिचान र छवि बढेको बताइन्छ। धामी नेपालको सुदूरपश्चिम नजिकै जोडिएको भारतीय राज्यका मुख्यमन्त्री हुन्।
Facebook Comments Box