धनगढी: भारतको मुम्बई बम धमाकाका अभियुक्त अब्दुल करिम टुण्डाले सफाई पाएका छन्। सन् १९९३ मा भएको मुम्बई बम विस्फोटका अभियुक्त टुण्डाले बिहीबार सफाई पाएका हुन्।
अजमेरको टाडा अदालतले सन् १९९३ मा देशका पाँच सहरमा भएका शृंखलाबद्ध बम विस्फोटको मुद्दामा आफ्नो फैसला सुनाएको हो।
टुण्डा बम धमाकापछि केही वर्ष अगाडि नेपालमा आएर लुकेकोमा पोखराबाट समातिएका थिए। त्यसपछि महेन्द्रनगरको गड्डाचौकी, वनबासा नाका हुँदै भारत लगिएको थियो। उनलाई नेपाला र भारत २ देशका प्रहरीको समन्वयमा समातेर लगिएको थियो।
सोही मुद्दामा अदालतले टुन्डालाई सफाइ दिएकोमा अन्य दुई जना हमेदुद्दीन र इरफानलाई आजीवन कारावासको सजाय सुनाएको छ। सन् १९९३ मा बाबरी मस्जिद ध्वस्त भएको वर्षगाँठमा मुम्बई, हैदरावाद, कानपुर, लखनऊ र सुरतमा रेलमा श्रृंखलाबद्ध बम विस्फोट भएका थिए।
Facebook Comments Box