धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीले फरार प्रतिवादीहरुलाई धमाधम पक्राउ गरिरहेको छ । केही दिन अगाडी विभिन्न मुद्दाका १० जना फरार प्रतिवादीलाई पक्राउ गरेको थियो ।
फेरी ६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । कैलालीमा नयाँ एसपी पदमबहादुर बिष्ट आएपछि जिल्लामा सुरक्षा व्यवस्था तैनाथ पारिएको छ ।
जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खटिएको टोलीले विभिन्न ठाउँबाट फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई पक्राउ गरेर जिल्ला अदालत कैलालीमा बुझाइएको छ ।
यी हुन् पक्राउ परेका फरार प्रतिवादी
१. लागुऔषध मुद्दाका जिल्ला कैलाली गोदावरी ५ बस्ने बर्ष २५ को किरण बोहरा, ३ दिन कैद ।
२. चोरी मुद्दाका जिल्ला कैलाली धनगढी १६ बस्ने बर्ष २५ को सुनिल चौधरी, ५ महिना ८ दिन कैद ।
३. चेक अनादर मुद्दाका जिल्ला कैलाली चुरे गाउँपालिका १ बस्ने बर्ष ५४ को बिर बहादुर घर्ती मगर, रु. २२५ रुपैयाँ जरिवाना ।
४. वन मुद्दाका जिल्ला कैलाली चुरे गाउँपालिका ३ बस्ने बर्ष ७० को भिम बहादुर थापा, रु. ९४,५७० रुपैयाँ जरिवाना ।
५. वन मुद्दाका जिल्ला कैलाली चुरे गाउँपालिका ६ बस्ने बर्ष ४५ को जिवन सिंह रावत, रु. ९४,५७ रुपैयाँ जरिवाना ।
६ वन मुद्दाका जिल्ला कैलाली लम्कीचुहा २ बस्ने बर्ष ४८ को सुधराम डगौरा, २३ दिन कैद र रु. १२,२५० रुपैयाँ जरिवाना ।