धनगढी: कैलालीको एक नगरपालिकाले तीनवर्ष अगाडि सामान किनेकोमा उधारो नतिरेको पाइएको छ। जिल्लाको भजनी नगरपालिकाले उधारोमा कैलालीकै एक व्यापारीबाट सामग्री खरिद गरेकोमा उधारो नतिरेको पाइएको हो।
३ वर्षसम्म पनि तत्कालीन पालिका प्रमुख, उपप्रमुखले खरिद गरेका सामानको पैसा असुल नभएपछि व्यापारीले आफ्नो सामान फिर्ता लगेका छन्। स्रोतका अनुसार व्यापारीले नगरपालिकामा लगाइएको कार्पेट, बोर्डहरु लगायतका सामान उठाएर लगेका हुन्।
अहिलेका मेयर, उपमेयरले पनि भुक्तानी नदिएपछि व्यापारीले सामान फिर्ता लगेको बताइएको छ। हाल सो नगरपालिकामा मेयर केवल चौधरी छन् भने उपमेयर राजु तिरुवा छन्। यस विषयमा बुझ्न खोज्दा उनीहरु फोन उठाउदैनन्।
Facebook Comments Box