धनगढी: दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर ४ सुन्सेराको डोकटमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (विओपी) भवन शिलान्यास गरिएको छ। बिहीबार सुन्सेरामा स्थापना हुने विओपी भवनको शिलान्यास गरिएको हो। जसको निर्माणका लागि सरस्वती रिठगडे जेभीसंग एक करोड ५९ लाखमा ठेक्का सम्झौता भएको बताइएको छ।
सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनी नम्बर ७ का सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार पाण्डेले विओपीको शिलान्यास गरेका थिए। जहाँ दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हर्कराज पन्त, व्याँस गाउँपालिकाका उपाध्यक्ष विनोद कुँवर, गुरुगोरख गुल्म दार्चुलाका गुल्मपति बुद्ध देवकोटा, व्याँस गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष झुन सिंह विष्ट लगायतको उपस्थिति थियो।
Facebook Comments Box