धनगढी : अछामको वैद्यनाथ धाममा जारी कोटीहोम महायज्ञमा आगलागीबाट क्षती भएको हवनकुण्ड आज रातीनै पुनर्निर्माण गरिने भएको छ ।
शनिबार कुण्डमा जलाइएको आगोको झिल्कोले सल्किएर आगलागी भएको थियो ।
आइबतार (भोली) बिहान क्षमा पुजा गरेर महायज्ञ नियमित सुचारु हुने आयोजकले जनाएको छ ।
अछाममा फागुन १० गतेबाट सुरु भएको कोटीहोम महायज्ञ अहिले पनि जारी छ। १ सय ४४ बर्षपछि सो कोटीहोम महायज्ञ लागेको हो।
कोटीहोम फागुन २५ गतेसम्म संचालन हुने छ। सो कोटीहोमको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए।
Facebook Comments Box