धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आज सबै मन्त्री बोलाएर बैठक गरेका छन्।
आज (मंगलबार) मुख्यमन्त्री निवासमा काङ्ग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीका मन्त्रीलाई मुख्यमन्त्री शाहले बोलाएका थिए। छलफलमा मुख्यमन्त्री शाहले काङ्ग्रेसका भौतिक पुर्वाधार बिकास मन्त्री प्रकाश देउवा, काङ्ग्रेसकै आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट माओवादी केन्द्रका सामाजिक विकास मन्त्री झपट साउद र आर्थिक मामिला मन्त्री नरेश शाहीसंग छलफल गरेका हुन्।
छलफलमा तत्काल आफूले राजीनामा नदिने र सरकार ढल्ले अवस्था पनि नरहेको जिकिर गरेका थिए। मुख्यमन्त्री शाह काङ्ग्रेसका हुन्।यस्तै मन्त्रीहरूलाई पनि राजीनामा नदिन भनेको बताइएको छ।
५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा अहिले ५२ जना प्रदेश सभा सदस्य छन्। जहाँ काङ्ग्रेसका १८, माओवादी केन्द्रका ११,एमालेका १०, नागरिक उन्मुक्तिका ७ नेकपा एकीकृत समाजवादीका ४ जना प्रदेश सभा सदस्य छन्। यहाँ राप्रपा १ र स्वतन्त्रका १ प्रदेश सभा सदस्य छन्।
सुदूरपश्चिम सरकार गठनको लागि २७ जना आवश्यक पर्छ।