धनगढीः नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशको आयोजनामा शिव मन्दिर परिसरमा सरसफाइ गरिएको छ।
११४ औं अन्तराष्ट्रिय महिला (नारी) दिवस तथा महाशिवरात्रीको अवसरमा नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशको आयोजनामा मंगलबार विहान धनगढी उपमहानगरपालिका–४ स्थित शिवपुरीधाम शिव मन्दिरमा सरसफाइ गरिएको हो।
सेवा नै धर्म हो भन्ने मूल नारासहित प्रहरी श्रीमती संघ सुदूरपश्चिमले मानविय सेवा सँगसँगै “सामाजिक कार्य” अन्तर्गत मन्दिरमा सरसफाइ गरिएको छ।
सरसफाइ कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी बरिष्ठ उपरीक्षक दिल्लीराज बिष्ट, नेपाल प्रहरी बिशेष सुरक्षा गण महेन्द्रनगरका गण प्रमुख प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेत, सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीका गण प्रमुख प्रहरी उपरीक्षक देबेन्द्रबहादुर पाल, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टको सहभागि थिए।
साथै कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक अनिलकुमार उप्रेती, सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल धनगढीका प्रमुख प्रहरी नायव उपरीक्षक डाक्टर नबिन लागेजु लगायत कार्यरत प्रहरी अधिकृत तथा जवानहरूका साथै नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशकि कार्यक्रम सचिव ममता बिष्ट मलासी समेतका पदाधिकारीहरु, मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष बल्देवप्रसाद भट्ट समेतका पदाधिकारीको उपस्थिती रहेको थियो।