महेन्द्रनगर : भारतमा लोकसभा चुनाव लक्षित नेपाल-भारतको सीमा सुरक्षा समन्वयको बैठक बसेको छ। बनबासामा बैठक बसेको हो।
स्रोतका अनुसार नेपाल-भारत सीमा सुरक्षा समन्वय र सुरक्षा निकायसँग मित्रता बैठकले विभिन्न विषयमा छलफल गरेको छ। जसमा मुख्य रुपमा भारतको लोकसभा निर्वाचनलाई सुरक्षित रुपमा सम्पन्न गर्न कडा प्रबन्ध मिलाइने सहमति भएको छ। बनबासाको एनएचपीसी गेस्ट हाउसमा दुवै देशका अधिकारीबीच भेटवार्ता भएको थियो।
जसमा भारतीय प्रहरी उपरीक्षक अजय गणपति, कञ्चनपुर प्रहरीका प्रहरी उपरीक्षक चक्रराज जोशी, गड्डाचोकी राधा कृष्णनाथ, एसएसआई ट्राफिक भुवन विक्रम श्री अनुराग, सशस्त्र सीमा बल डेपुटी कमाण्डेन्ट ५७ गण, सहायक कमाण्डेन्ट एसएसबी रामनारायण विश्वास लगायतका अधिकृतहरुको सहभागिता रहेको थियो।
Facebook Comments Box