धनगढी : कैलालीको टीकापुरमा लागु औषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा टीकापुर नगरपालिका-१ समितिपुरका २१ वर्षीय २१ को रेशम चौधरी रहेका छन् ।
इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी सहायक निरक्षक तारा बहादुर ठकुल्लाको नेतृत्वमा खटीएको प्रहरी टोलीले चौधरीलाई जानकी गाउँपालिका-१ दुर्गौलीस्थित सडकखण्डबाट पक्राउ गरेको हो । उनको साथबाट ४ सय २० मिलिग्राम लागु औषध (खैरो हेरोईन) समेत बरामद गरेको छ ।
चौधरीलाई हिरासतमा राखी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box