धनगढी : धनगढी उमहानगरपालिका-३ त्रिनगर भन्सारबाट लागु औषधसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका-२ बस्ने २८ वर्षीय सन्जय सांउद र गोदावरी नगरपालिका-१ लालपुर बस्ने २० वर्षीय अन्जली सुनार रहेका छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी सहायक हवल्दार सन्तोष महरा र प्रहरी जवान परमानन्द कपाडीको नेतृत्वमा खटीएको प्रहरी टोलीले त्रिनगर भन्सारबाट पक्राउ गरेको हो ।
सन्जयको साथबाट १ ग्राम र अन्जलीको साथबाट ४ सय मिलिग्राम लागु औषध (खैरो हेरोईन) समेत प्रहरीले बरामद गरेको छ ।
दुवै जनालाई हिरासतमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box