काठमाडौं– सरकारले आज नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने तयारी गरेको छ । दुवै संगठनको नेतृत्व आजदेखि अनिवार्य अवकाशमा जाने भएकाले आज सरकारले निर्णय गर्न लागेको हो ।
आईजीपी नियुक्तलगायतका विषयमा निर्णय गर्न आज विहान ११ बजे मन्त्रिपरिषद बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सशस्त्रमा केहीदिन अघि राजु अर्याललाई एआईजीमा बढुवा गरिसकिएको छ। एक मात्र एआईजी भएकाले उनी नै आईजीपीमा बढुवा हुने निश्चित जस्तै छ। तर, नेपाल प्रहरीमा भने आईजीपी बढुवाको प्रतिस्पर्धामा चार जना एआईजी रहेका छन् ।
नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहितका उच्च अधिकारीहरु र सशस्त्र प्रहरी बल नेपालका आईजीपी पुष्पराम केसी सहितका अधिकारीहरु आजदेखि अनिवार्य अवकाशमा जाँदै छन्।
Facebook Comments Box