धनगढी: कञ्चनपुरस्थित महेन्द्रनगरको ओपेरा होटलले सरकारी जग्गामा रजगज गरेको आरोप लागेको छ। होटल र साहुले तत्कालीन नगर विकास समितिको जग्गा अवैध तरिकाले कब्जा गरेको आरोप लागेको हो।
आरोपमात्र होइन, होटल क्षेत्रमा विरोधस्वरुप कालो ब्यानर नै टाँसिएको छ। हिजो (बुधबार) क्रान्तिकारी कम्युनिस्ट पार्टी निकटका युवाहरुले कालो ब्यानर टाँसेका हुन्।
नगर विकास समितिको जमिनमा ओपेराले अवैध संरचनासमेत बनाएको बताइन्छ। जसमा होटल ओपेराको पार्किङ, स्विमिङ्ग पुल लगायतका संरचना रहेको बुझिएको छ।
हालको भीमदत्त नगर विकास समिति हुनअघि तत्कालीन महेन्द्रनगर नगर विकास समितिले वैध निर्णय नगरी सो जग्गा ओपेरालाई भाडामा दिएको थियो। सो विषयमा अहिले पनि अख्तियारमार्फतको मुद्दा विशेष अदालतमा विचाराधीन छ भने सो बेलाका कर्मचारीसहित अन्य पदाधिकारी सबै मुद्दामा डामिएका छन्।
Facebook Comments Box