धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) रबिन्द्र केसीले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाको स्थलगत निरीक्षण गरेका छन् ।
डीआईजी केसीले बिहीबार स्थलगत निरीक्षण गरी सुदूरपश्चिम प्रदेश अन्र्तगत ट्राफिक प्रहरी कार्यालयहरुमा कार्यरत बिभिन्न युनिटहरुका ईन्चार्जहरु आवश्यक निर्देशन दिएका छन् ।
उनले ओभरलोड, भवरलोड, क्षमता भन्दा बढी यात्रु बोक्ने, प्राईभेट नम्बर प्लेट भएका सवारी साधनले यात्रुहरु बोक्ने, रुट पर्मिट नभएका स्थानमा सवारी साधन चलाउने, नबिकरण फेल भएका सवारी साधनहरु पनि निर्वाध रुपमा चलाउने, क्षमता भन्दा बढी नदीजन्य पदार्थको भार बोकी सडकमा पानी चुहाउदै टिपरहरु गुड्ने, यदाकदा ट्राफिक प्रहरीहरुकै नियम उल्लघंनकर्ताहरुसंग अब्यवसायिक साँठगाँठ हुने जस्ता गतिविधीहरुलाई पुर्णतया निरुत्साहित गर्न निर्देशन दिएका हुन ।
यस्तै उच्च अनुशासनका साथ उत्कृष्ट ट्राफिक व्यवस्थापन गर्न समेत डीआईजी केसीले निर्देशन दिए ।
साथै सवारी दुर्घटना न्युनिकरणका लागि सरोकारवाला निकाय तथा नागरिक समाजसंग सहकार्य गरि जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्न ,ट्राफिक चेकजाँच कडाईका साथ पुर्ण ब्यवसायिक तबरले गर्ने, अनावश्यक हैरानी नदिने, प्रहरी कर्मचारीहरुले नेपाल प्रहरीको मिडिया नीति बिपरित सामाजिक सञ्जालको प्रयोग नगर्न र प्रहरी आचरण विपरीतका कुनै गतिविधिमा संलग्न नहुन समेत उनले सचेत गराएका छन् ।