धनगढी: सुदूरपश्चिममा आरआइटीलाई परिमार्जित गर्दै पीआइटी गठन गरिएको छ। आज (बिहीबार) सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख (डीआईजी) रबिन्द्र केसीले पीआइटी (प्रोभिन्स इन्टेलिजेन्स टीम) गठन गरेका हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरीको तत्कालीन अपराध अनुसन्धान समूह (आरआइटी) खारेज गरिएको थियो। सो समूह खारेज भएपछि पीआइटी गठन भएको हो
डीआइजी केसीले यो समूह पहिलाको आरआइटीजस्तो नभएर फरक हुने दाबी गरेका छन्। उनले हाल आफूले निर्माण गरेको टोलीले सूचना संकलन, अपराध अनुसन्धान र प्राविधिक विश्लेषणको पाटोसहित लागुऔषध नियन्त्रणमा विषेश काम गर्ने महेन्द्रनगरपोष्टलाई बताए।
यस्तै उनले अहिले पहिलाजस्तो जम्बो टोली नभएर सबैखाले क्षमता भएका जनशक्ति मिलाएर सानो टोली गठन गरिएको बताए। स्रोतका अनुसार सईको नेतृत्वमा एकजना असई, हवल्दार र एक सहायक हवल्दारसहित ४ सदस्यीय टोली बनाइएको हो।
यस अगाडी डीआईजी केसीले तत्कालीन आरआइटी टोलीभित्र हेरफेर गरेका थिए। उनले आरआइटी टिमका केही सदस्यलाई रमाना गरेका थिए भने केहीको जिम्मेवारी खोसेका थिए।
यस अगाडिको आरआइटी टोलीले प्रदेशभर सादा पोशाकमा खटिएर अपराध अनुसन्धान लगायतका काम गर्दै आएको थियो भने अहिलेको टोलीले पनि सादा पोसाकमै रहेर काम गर्ने छ।
र, यो पनि: सुदूरपश्चिम प्रहरीको आरआइटी खारेज, अब के हुन्छ ?
सुदूरपश्चिममा आरआइटीभित्र हेरफेर, नयाँ टिमको तयारी