धनगढी : दार्चुलाको मार्मा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रोशन अधिकारीमाथि आक्रमण भएको छ। बिहीबारबार राति निवासमा सुतिरहेको समयमा अज्ञात समूहले ढुङ्गामुढा र निवासमा आगजनी गरेको हो।
आक्रमणपछि प्रमुख प्रशासकिय अधिकृत अधिकारीले झ्यालबाट भागेर ज्यान जोगाएको महेन्द्रनगरपोष्टलाई बताएका छन्। उनले आफूमाथि आक्रमण र निवासमा अगाजनी भएपछि झ्यालबाट भागेर प्रहरीलाई खबर गरेको बताए।
यता जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्सपेक्टर गोबिन्द भण्डारीले घटनाको जानकारी पाउनसाथ प्रहरी टोली परिचालन गरिएको र अनुसन्धान भईरहेको बताए।
Facebook Comments Box