कञ्चनपुर– सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावलका पूर्व स्वकीय सचिव रविन्द्र सुनारसहित एकीकृत समाजबादीका दुई जना नेकपा एमालेमा प्रवेश भएका छन् ।
नेकपा एकीकृत समाजबादीका जिल्ला कमिटी सदस्यसमेत रहेका सुनारसंगै एकीकृत समाजबादीकै जिल्ला सचिबालय सदस्य पदमराज भट्ट पनि एमालेमा प्रवेश भएका हुन् । उनीहरुलाई एमाले सचिव एवम सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले पार्टीमा स्वागत गरे ।
पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले सुदूरपश्चिम सह–इन्चार्ज राजेन्द्र रावल, प्रदेश कमिटी सदस्य मानबहादुर रावल, दामोदार रिजाललगायत नेताहरुको सहभागीता रहेको थियो ।
Facebook Comments Box