काठमाडौं : गृहमन्त्री रवि लामिछानेले प्रहरीलाई अनुहार, पद, प्रतिष्ठा नहेर्न आग्रह गरेका छन् । उनले प्रमाण जुटाउँदै निष्पक्ष भएर अनुसन्धान तथा कारवाही गर्नुपर्ने सल्लाह दिए ।
प्रहरी मुख्यालय निरीक्षणपछि उच्च प्रहरी अधिकृतहरुलाई निर्देशन गर्दै उपप्रधानमन्त्री लामिछानेले भने, ‘तपाईंहरुलाई देख्दा बदमासहरूलाई डर होस् र आम सर्वसाधरणलाई भर होस् ।’ उनले मीटरब्याज र सहकारी पीडितहरूको समस्या ठूलो चुनौति रहेको उल्लेख गर्दै आर्थिक अपराध, ठगी, साइबर क्राइम लागूऔषध कारोबारलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।
मन्त्री लामिछानेलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेको बताइन्छ ।
Facebook Comments Box