धनगढी : अछामको वैद्यनाथ धाममा फागुन १० गतेबाट सुरु भएर फागुन २५ गतेसम्म सञ्चालन भएको वैद्यनाथ कोटिहोम महायज्ञको समिक्षा वैठक सम्पन्न भएको छ ।
१५ दिनसम्म सञ्चालन भएको कोटिहोममा २ करोड वढी खर्च भएको र २ करोड बढी बचत हुने कोटिहोम मुल आयोजक समितिका महासचिव देवराज उपाध्यायले जानकारी दिए । १५ लाख भन्दा वढी मुल्य वरावारको जग्गा दान भएको छ ।
आईतबारसम्म वैंकका ३ करोड १७ लाख ७३ हजार जम्मा भएको छ । जम्मा रकम मध्ये १ करोड ४७ लाख ४७ हजार खर्च भएको छ । अहिले वैंकमा १ करोड ७० लाख २६ हजार वचत रहेको छ । ४९ लाख रुपैंया तिर्न वाँकी र ८० लाख भन्दा विभिन्न पालिका तथा वैंक वित्तिय संस्था, कलश ठेली, प्रवासबाट अझै १० लाख भन्दा वढी रकम आउने सुनिश्चित रहेको उनको भनाई छ । उक्त रकम एक हप्ता भित्रै प्राप्त भएर सम्पूर्ण आयव्य सार्वजनिक गरिने महासचिव उपाध्यायले जानकारी दिए ।
कोटिहोम मुल आयोजक समितिका अध्यक्ष, एवंम अछाम निर्वाचन क्षेत्र नं.१ प्रतिनिधि सभा सदस्य, पूर्व मन्त्री शेरबहादुर कुँवरले वैद्यनाथ कोटिहोम सम्पूर्णको साथ सहयोगले ऐतिहासिक रुपमा सम्पन्न भएको बताए ।
कोटिहोमले वैद्यनाथ वेद विद्याश्रमलाई आयुर्वेद माविमा स्तरोन्नति, वैद्यनाथलाई नेपालका चार क्षेत्रमा घोषणाको लागि आधार तयार, यहाँको लोक संस्कृति, लोककला, लोकगीतको संरक्षण र प्रवर्द्धन मद्दत पुगेको धारणा व्यक्त गरे।