धनगढी : धनगढीमा हुने जय नेपाल कपमा डुब्का थकालीले स्किम घोषणा गरेको छ।
भोलि (फागुन २८) देखि हुने जय नेपाल कप २०८० अन्तर क्याम्पस प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा डुब्काले स्किम राखेको हो।
जसमा सहीदगेटस्थित डुब्का थकालीले म्याचमा ५० रन हान्ने र ५ विकेट लिनेलाई फ्याम्लीसहितको लन्च वा डिनर निशुल्क प्रदान गर्नेछ। यस्तै डुब्काले प्रतियोगितामा बाहिरका दर्शकलाई क्याच गरेकोमा नास्ता र अन्तिममा ह्याष्ट्रिकवाला र विजेता टीमलाई निशुल्क लन्च वा डिनर प्रदान गर्ने डुब्काका सञ्चालक आमिर खड्काले बताए।
नेपाल विद्यार्थी सङ्घ कैलालीको आयोजना र शिवपुरी युवा क्लबको प्राविधिक व्यवस्थापनमा फागुन २८ गतेदेखि प्रतियोगिता हुँदैछ।
प्रतियोगिता निर्देशक समुयल न्यौपानेले फाप्ला क्रिकेट मैदान निर्माणमा दबाब दिन र युवाहरूमा क्रिकेटप्रतिको आकर्षण बढाउन प्रतियोगिता गरिन लागेको बताएका छन्।
उनका अनुसार स्नातक र स्नाकोत्तर तहका क्याम्पसहरूले प्रतियोगितामा भाग लिन सक्नेछन्। २० ओभरमा खेलाइने खेल नकआउट प्रणालीमा सञ्चालन हुने उनको भनाई छ। प्रत्येक टिममा १६ खेलाडी र दुई अफिसियल हुनुपर्ने तथा प्रत्येक क्याम्पसले चार जना खेलाडी अनिवार्य रूपमा क्याम्पस बाहिरको हाल्नुपर्ने उनले बताए।
प्रतियोगितामा सहभागी हुनका लागि प्रवेश शूल्क २५ हजार कायम गरिएको छ भने बाहिरबाट आएको टिमले खान बस्नको व्यवस्था स्वयमले गर्नुपर्ने सर्त राखिएको छ।
सो प्रतियोगितामा विजेताले तीन लाख र उपविजेताले एक लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन्। यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार, उत्कृष्ट बलर र ब्याटरले जनही पन्ध्र हजार, उदयमान खेलाडीले नगद दश हजार र म्यान अफ द म्याचले जनही दुई हजार एवं ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।