बैतडी,
बैतडीमा कैद सजाय पाएका ४ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको सिगास गाउापालिका २ का ३८ वर्षीया राजेन्द्र सिंह धामीलाई मंगलबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । कत्र्यव्य ज्यान मुद्धामा ८ वर्ष ११ महिना कैद सजाय भई फरार रहेका धामीलाई वडा नं २ को गाँजरी बजारबाट पक्राउ गरिएको हो ।
डडेल्धुरामा २०७१ सालमा भएको विहेमा दुलाह र दुलहीपक्षबीच भएको झगडामा एक जनाको मृत्यु भएको थियो । सोही घटनामा उनि संलग्न रहेको बुझिएको छ । यसबारे थप जानकारी आएको छैन ।
यसैगरी बुधबार थप ३ जना पक्राउ परेका छन् । बिस्फोटक पदार्थसम्बन्धित कसुर मुद्धामा एक महिना १९ दिन कैद सजाय सुनाइएका जिल्लाको दशरथचन्द नगरपालिका ६ का ४४ वर्षीय नारायण सिंह ऐरी, सोही ठाउँका ४७ वर्षीय अर्जुन सिंह रावल र भीम सिंह ठगुन्नालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक, नन्दराज जोशीले जानकारी दिए ।
वि.स. फागुन १३ गते बनभोज मनाउन गएका दशरथचन्द नगरपालिका–१० का ३० वर्षीय जिवन बुढालको दोगडाकेदार गाउँपालिका–४ जाडाबगडस्थित चमेलीया नदी किनारमा मृत फेला परेका थिए । बुधबार पक्राउ परेका तीन जना र बुढालसहित १२ जना चमेलिय नदी किनारमा बनभोज मनाउन थिए ।
बनभोज गएका १२ मध्ये तीन जाना पीकनिकमा सहभागिका लागि खाना बनाउने काममा भएको बुझिएको छ भने एक एक गाडी चालक रहेका थिए । उनिहरुलाई छुटिसकेका थिए । त्यसैगरी मृत्यु प्रकरणमा मुख्य दोषिको आरोप लागेका ७ जनामध्ये जिल्ला अदालत बैतडीले तीन जानालाई वि.स. चैत्र १६ गते बहीबार जनही एक लाख ५० हजार धरौटीमा रिहा भएका थिए । रिहा हुनेमा दिपेन्द्रसिंह ऐरी, पुष्पराज भट्ट र टेकसिंह खत्री रहेका थिए ।
यसैगरी चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको थियो । अदालतले थुनामा पठाउन आदेश दिएका आरोपित मध्ये गजेन्द्रसिंह रावललाई मात्रै थुनामा पठाइएको थियो । फरार रहेका नारायणसिंह ऐरी, अर्जुनसिंह रावल र भीमसिंह गठुन्नालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
अदालतले घटनामा संलग्न भनिएका नविनसिंह ठगुन्ना र श्यामसिंह ऐरीलाई जनही ५० हजार धरौटीमा रीहा गरिएको थियो, भने मोहन सिंह ठगुन्ना, केशबसिंह बुढाल र भुवनराम लुहारलाई राधारण तारेखमा रिहा गरिएको थियो ।
Facebook Comments Box