काठमाडौ:प्रमुख सेनानीसहितका अधिकृतहरुलाई काज नियुक्ति (पदस्थापन) गरिएको छ । हिजोबाट लागु हुनेगरी झण्डै डेढ दर्जन अधिकृतको काज नियुक्ति गरिएको हो । जसअनुसार सैनिक प्रहरी गणका प्रमुख सेनानी दिनेश गौतमलाई नेपाली सैनिक वार कलेजमा लगिएको छ ।
मध्यपश्चिम पृतना हेडक्वार्टरका प्रमुख सेनानी सुभाषचन्द महत सैनिक कमाण्ड तथा स्टाफ कलेज पुगेका छन् । सेनानी विशालबहादुर शाहको अनुशासनहिनहरुलाई समातेर थुन्ने सैनिक प्रहरी गण (मिलिटरी पुलिस) मा पदस्थापन भएको छ । उनी गुणस्तर नियन्त्रण महाशाखामा कार्यरत थिए ।
नेपाली सैनिक प्रतिष्ठानका सहसेनानी भीमसेन देवकोटालाई सुरक्षा तथा समारोह व्यवस्था सचिवालय, प्रधानमन्त्रीको कार्यालय, भगवतीदल गणका सहसेनानी भीमबहादुर भुजेललाई सैनिक उच्च शिखर शिक्षालयमा लगिएको छ ।
गुरुबक्स गुल्मका सहसेनानी सरोज कोइराला,महावीर गण (रेञ्जर) का सहसेनानी अरुण थापा र कालीभञ्जन गण (ई) का सहसेनानी शिखा गुरुङ्गको नेपाली सैनिक प्रतिष्ठानमा पदस्थापन गरिएको छ ।
नम्बर ६ युद्धकवच गुल्मका सहसेनानी अमिर मोक्तान,नम्बर १५ बाहिनी अड्डाका क्याप्टेन गोविन्द थापा र नम्बर १ राजदल गणका सहसेनानी सुशान्तसिंह भण्डारीको पदस्थापन पनि प्रतिष्ठानमै भएको छ ।
चरक (गुप्तचर) बाहिनीका सहसेनानी कृष्णबहादुर थापा सैनिक ईण्टेलिजेन्स शिक्षालयमा काज नियुक्ति भएका छन् । प्रधानसेनापतिको कार्यालयमा सहसेनानी राजु श्रेष्ठ आएका छन् । उनी युद्धभैरव गणमा थिए ।
सहसेनानी अस्मित सिल्वाल,राजु श्रेष्ठ, डा.अविन अधिकारीलाई सैनिक उच्च शिखर शिक्षालयमा लगिएको छ । उनीहरु क्रमशः भैरववाहन गुल्म,रुरु भैरवदल गण,वीरेन्द्र अस्पतालमा कार्यरत थिए । पशुपतिप्रसाद गणका उपसेनानी प्रशान्त फडेराको नेपाली सैनिक व्याटल स्कूलमा पदस्थापन भएको छ ।