धनगढी: डडेल्धुराको परशुराम नगरपालिकाका हाकिम कुटिएका छन्। नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकिय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएको हो।
कार्यपालिका सदस्यहरुले उनलाई कुटपिट गरेको बुझिएको छ।
कार्यपालिकामा नेकपा माओवादी केन्द्रका बहुमत सदस्य रहेका छन्। टाउकोमा तीनवटा टाँका लाग्नेगरी कुटिएका अधिकृत जोशीको अहोले जोगबुढा अस्पतालमा उपचार भइरहेको छ।
बैठकमा एजेन्डामाथि विवाद भएपछि घटना घटेको हो। नगरपालिकाका तत्कालीन योजना अधिकृत रहेका जोशीलाई मंसिर पहिलो साता प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो।
Facebook Comments Box