धनगढी : कैलालीमा एक विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षले विद्यार्थीहरुलाई कक्षा घटुवा गर्न थालेपछि विवाद सिर्जना भएको छ ।
जिल्लाको लम्कीचुहा नगरपालिका–४ मा रहेको सरस्वती माध्यमिक विद्यालयका अध्यक्ष भनिएका भरतराज जोशीले १० कक्षाका विद्यार्थीहरूलाई प्रश्न गर्ने र उत्तर नदिए, ४ कक्षामा बसाल्ने गरेपछि उनलाई विव्यस अध्यक्षबाट हटाईएको छ ।
जोशीसंग शिक्षक तथा विद्यार्थीहरूको विवाद सिर्जना भएको थियो। सोही विषयको विवाद लम्कीचुहा नगरपालिकाको नगर शिक्षा समिति हुँदै जिल्ला शिक्षा विकास इकाइसम्म आएको थियो। उनलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट निलम्बन गरिएको हो।
समितिको अध्यक्षबाट निलम्बन गरिएको निर्णयको माग गर्दै जोशी बिहिवार विद्यालय गएका थिए। विद्यालयका प्रधानाध्यापकसँग उनको विवाद सुरु भएका बेला शिक्षकहरू नवराज भट्ट र मदनराज प्रवेश गरेका बेला उनीहरूलाई जोशीले नकले हानेका छन्।
उनलाई इलाका प्रहरी कार्यालय, लम्कीले नियन्त्रणमा लिएको छ भने दुबै शिक्षकहरूको उपचार हुँदैछ।