बैतडीः बैतडी स्याउला काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । सिगास गाउँपालिका वडा नं ४ गढतोला शैनीकी ४६ वर्षिया हरुलीदेवी बोहराको बिहिबार स्याउला काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हो ।
घनजिकैको खरबारीमा बाख्राका लागि स्याउला काट्ने क्रममा बोहरा रुखबाट लडेर गम्भीर घाइते भएकी थिइन् । उपचारको लागि डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको आफन्तले बताएका छन् ।
बोहराको घरमा श्रीमान र तीन छोरा छन् ।
Facebook Comments Box