धनगढी: पूर्वयुवराज पारस शाह सुदूरपश्चिममा छन्। अस्ति सोमबार कैलालीको धनगढी पुगेका शाह सुदूरपश्चिमको भ्रमणमा छन्। सोमबार आएर मंगलबार सुटुक्क कैलालीकाे बेहडाबाबा मन्दिरमा दर्शनका लागि पुगेका उनी अहिले महेन्द्रनगर पुगेका छन्।
उनी साेमबार धनगढी पुगेर दोस्रो बिहान धनगढी उपमहानगरपालिका-१६ स्थित बेहडाबाबा मन्दिरमा दर्शनका लागि पुगेका थिए। त्यसपछि उनले केही आफ्ना समर्थकका साथ झण्डै ४ घण्टा बिताएको बताइएको थियो। एक युवतीसहितको समूहमा आएका उनले सुदूरपश्चिमका धार्मिकस्थलको दर्शन गर्दै छन्।
शाहले सुदूरपश्चिम प्रदेशका धार्मीक स्थलहरुको भ्रमण गर्ने समय तालिकाअनुसार उनी झण्डै एक साता सुदूरपश्चिममै रहने बताइएकाे छ। धनगढीबाट महेन्द्रनगर गएका उनी महाकाली गौशाला अनुसन्धान केन्द्र ब्रह्मदेव महेन्द्रनगर, सिद्धनाथ मन्दिर महेन्द्रनगर, वनदेवी, महाकाल गुरुको गौशाला लगायतमा पुगेका छन् भने हिजो उनले महेन्द्रनगरकै हरिहर घाटमा गङ्गा आरतीसमेत गरेका थिए।
उनका साथमा पूर्व प्रहरीका उच्च अधिकारीका पुत्रसहित महेन्द्रनगरका राप्रपा नेताहरु पनि छन्।