बैतडी: बैतडीमा भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्लाको दशरथचन्द नगरपालिका-५ धारीगाडस्थित सडक किनारा भन्सार छलीका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक, नन्दराज जोशीले जानकारी दिए ।
खुद्रा किरानाका सरसामान खाने तेल, जीरा, मिठाइ, लुगा धुने सोडा लगायतका करीब २२ हजार ४ सय ९५ मुल्य बराबरका भन्सार छलीका सरसामान बरामद गरिएको प्रहरी निरीक्षक जोशीले बताए ।
शनिबार साझ जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उक्त सामान बरामद गरेको हो ।
उक्त सामान महाकाली भन्सार कार्यालय झुलाघाट पठाएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box