काठमाडौं – राप्रपा नेपालले कृषि मल तत्काल उपलब्ध गराउन नेपाल सरकारसँग माग गरेको छ ।
कमल थापाको अध्यक्षतामा आइतबार बसेको सचिवालय बैठकले वर्षे बाली लगाउने समयमा किसानहरुलाई कृषि प्रयोजनका लागि आवश्यक पर्ने मलखादको अभाव देखिएकोले किसानहरुका माझ कृषि मल तत्काल उपलब्ध गराउन आग्रह गरेको छ ।
त्यस्तै बैठकले दैनिक उपभोग्य वस्तुहरुको आकासिएको मूल्यवृद्धी तत्काल नियन्त्रण गर्नेतर्फ ठोस कदम चालेर आम जनतालाई राहत प्रदान गर्न अनुरोध गरेको छ ।
Facebook Comments Box