काठमाडौं : चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या करिब पौने पाँच लाख पुगेको छ।
वैदेशिक रोजगार विभागका अनुसार गत साउनदेखि फागुनसम्म रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या चार लाख ७१ हजार २४० पुगेको हो।
यो सङ्ख्या गत आर्थिक वर्षको सो अवधिभन्दा १३ प्रतिशतले कम हो। सो अवधिमा पाँच लाख ४० हजार ६०० नेपाली श्रम स्वीकृति लिएर रोजगारका लागि विदेशिएका थिए। चालु आवमा सबैभन्दा धेरै मङ्सिरमा ७१ हजार २७६ जना र सबैभन्दा कम कात्तिकमा ४३ हजार ६२२ जना विदेशिएका छन्।
Facebook Comments Box