धनगढी: सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीका नगरप्रमुख (मेयर) गोपाल हमाल (गोपी) लाई एक जनाले ज्यान मार्ने धम्की दिएका छन्। नगर प्रमुख हमाललाई ह्वाट्सएपमा म्यासेज र कल गर्दै एकजनाले धम्की दिएको बताइव्को छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले स्थानीय राना थरका एक व्यक्तिले आफूलाई खबरदार भन्दै ज्यान मार्ने धम्की दिएपछि मेयर हमालले प्रशासनमा निवेदन दिएको बताए। उनका अनुसार जिल्ला प्रशासन कार्यालयमार्फत निवेदन जिल्ला प्रहरी कार्यालयमा पुगेको छ।
मेयर हमालले आफूलाई राति ज्यान मार्ने धम्की दिएको जनाएका छन् तर उनले धम्की दिनेको नाम भने निवेदनमा नखुलाएको बुझिएको छ।
यस्तै डीएसपी चन्दले धम्की दिने राना अहिले कैलालीकै बौनिया एरियामा रहेको र चाडै सम्पर्कमा आउने बताए।
मेयर र रानाको विवादबारे भने केही खुलेको छैन।
Facebook Comments Box